८ भाद्र २०७७, सोमवार

गएको भदौ २ गते अछामको रामारोशनमा आएको पहिरोमा मानविय तथा भौतिक क्षति पुगेको छ । कैयौ गाउँलेहरु हराईरहेका छन । निकै कहाली लाग्दो यो घटनालाई कसैले पनि विर्सनै नसकिने भएको छ । यहि घटनालाई लिएर सर्वसम्मान म्युजिक प्रालीले (नघट्ने घटना घटि मेरा अछाम जिल्लां)नामक एल्वम वजारमा ल्याएको छ । रुप रावल र विसाखर तिमिल्सेनाको स्वर रहेको एल्वममा शब्द जयन्द्र भण्डारीको रहेको छ भने लय विसाखर तिमिल्सेनाकै रहेको छ ।
एरेन्ज मिक्सिग र ध्वनी कृष्ण लामिछाने रहेको एल्वमलाई टंक रावल,कृष्ण रावल,तेज रावल र विमला शर्मा, केशर थापाले सहयोग गरेको सर्वसम्मानका निर्देशक प्रकाश क्षेत्रीले ईलुम्विनी प्रदेश डटकमलाई जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर