८ भाद्र २०७७, सोमवार

बैतडीमा आज सोमवार देखि भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
जिल्लामा कोभिड १९ को संक्रमण फैलिन नदिन र सो को नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको हो । अत्यावाश्यक बाहेकका गतिविधि बन्द हुनेगरी आजदेखि निषेधाज्ञा जारी गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भयो ।
औषधि खाद्यवस्तु तथा अन्य अतिआवश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट निस्कन नपाइने उल्लेख गरिएको छ । अत्यावश्यक सामग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लाभित्र प्रवेश गर्न निषेध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर