७ भाद्र २०७७, आइतवार

आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हो । हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन । यो सहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन् । विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ । हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर