७ भाद्र २०७७, आइतवार

बुटवलमा कोरोनाका सक्रमित दिनप्रतिदिन थपिन थालेपछि जनचेतना वढाउन मास्क खोई ? को अभियान सुरु भएको छ ।
वुटवल उप–महानगरपालिका ११ कालिका नगरमा रहेको शिव टोल विकास संस्थाले तपाईको माक्स खोई अभियान सुरु गरेको हो । कोरोना भाइरसबाट बच्ने उपाय एवं संक्रमण भइहालेमा संक्रमित र संक्रमितको परिवारप्रति सहयोगी भावना राखी जनमानसमा सचेतना तथा सजग गराउने उद्देश्यले अभियान सुरु गरिएको संस्थाका अध्यक्ष शालिकराम पौडेलले बताउनु भयो ।
टोलभित्र पर्ने प्रत्येक पथबाट प्रतिनिधि मुलक रूपमा उपभोक्ता समितिका सदस्यहरु, त्यस क्षेत्रका सामाजिक तथा बौद्धिक व्यक्तित्वको उपस्थितिमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय शुक्रबार नै गरेको थियो ।
भेलाले प्रत्येक पथको दुवैतिर रहने गरी सचेतना मुलक ब्यानर तयार पार्नका लागि समितिका सल्लाहकार धर्म वीर खत्रीको संयोजकत्वमा श्याम श्रेष्ठ र रविलाल शर्मा रहेको तीन सदस्यीय समिति समेत गठन गरेको थियो । समितिले टोल विकास संस्थामा रहेका ११ वटा पथमा २५ वटा ब्यानर टागेको छ । ब्यानरको सौजन्य उषा आल्मुनियमका सञ्चालक माधव पाण्डेले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर