७ भाद्र २०७७, आइतवार

जिल्ला प्रशासन कार्यालय वदिर्याले सुचना जारी गर्दे सेवागर्ने दिनहरु सार्वजनिक गरेको छ । आईतवार वाट शान्ति सुरक्षाको निवेदन र कानुन वमोजिम हुने मुद्धा सम्वन्धि काम तथा अत्यावश्यक वा अत्यन्त जरी सेवाका लागि वाहेक कार्यालयवाट स्थानिय तहगत काम गर्ने जनाएको छ । सेवा दिने तालिकानै सुचना निकालेर सार्वजनिक गरेको छ ।
कार्यालयमा सेवा लिन आउदा भौतिक दुरी कायम गर्नुपर्ने,मास्क अनिवार्य लगाउनु पर्ने,सावुनपानी,वा सेनिटाईनजरले हात धुनुपर्ने उल्लेख गरीएको छ ।
राजापुर,वासँगढि र गेवा गाउँपालिकाको काम आईतवार,ठाकुरवावा नगरपालिकाको सोमवार,वारवर्दिया नगरपालिकाको मंगलवार,मधुवन नगरपालिकाको वुधवार,वढैयाताल गाउँपालिकाको विहिवार र गुलरिया नगरपालिकाको काम सवै सेवाह शुक्रवार गर्ने जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर