६ भाद्र २०७७, शनिवार

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरीमा १२५१९ स्वाब परीक्षण गर्दा ६३४ जना सक्रमित थपिएका हुन । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना गरी उपत्यकामा मात्र २१६ जना सक्रमित थपिएका छन । देशमारी कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् ।
यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । पछिल्लो २४ घण्टामा सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर