६ भाद्र २०७७, शनिवार

गायक तथा मोडल दुर्गेश थापाको आलु जस्तो गायक गीतलाई दर्शक तथा स्रोताले निकै मन पराएका छन् । दुर्गेशको आलु जस्तो गायक युट्युबमा रिलिज भएको २४ घण्टामै नेपालको ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ ।
केही समय अघि चर्चित पत्रकार ऋषी धमलासंग एक टेलिभिजन अन्तरवार्ताबाट केही बिवाद र आलोचनामा तानिएका गायक थापाले यस गीत मार्फत आफुलाई आलोचना गर्नेहरुलाई जबाफ समेत दिएका छन् ।
गीतको भिडियोमा दुर्गेशले आफू केही नसिकेको संगीत क्षेत्रमा आएको भन्ने सन्देश देखाएका छन् । दुर्गेश आँफैले यो भिडियोमा मुख्य भूमिका गरेका छन । त्यस्तै भिडियोमा पल शाह, पुष्प खडका र सारीका केसी लाई पनि देख्न सकिन्छ । गीतको शब्द तथा संगीत बसन्त थापाले गरेका हुन् ।

गीतको भिडियो शिव विकको निर्देशन तथा कोरियोग्राफि रहेको छ ।गीतको भिडियोमा अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा रहेको छ भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर