६ भाद्र २०७७, शनिवार
जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले निषेधाज्ञाको अवधि ४ दिन थप गरेको छ । पश्चिम नवलपरासीमा यस अघि साउन ३२ गतेदेखि भदौ ६ गतेसम्म निषेधाज्ञा लागू गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले सूचना निकालेर निषेधाज्ञाको अवधि भदौ १० गते राति १२ बजेसम्म लम्ब्याएको जनाएको छ । अति आवश्यक वस्तुको भने कारोबार गर्न पाइने जनाउदै अनाश्यक भिडभाड, सभा गोष्ठी सेमिनार र मानिसको जमघट नगर्न अनुरोध गरेको छ । जिल्लाभित्र सञ्चालित बैंक, सहकारी तथा अन्य वित्तिय संस्थाहरूले समेत भदौ १० गतेसम्म कारोबार बन्द गर्ने भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर