६ भाद्र २०७७, शनिवार

गैरआवासीय नेपाली संघ युएईले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएन युएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बिओडी) बाट निलम्बित गरेको छ ।

युएईका निवर्तमान अध्यक्ष एवं नेपाल एशोसियसन (एनए) युएईका अध्यक्ष रमेश श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पछिल्लो समयमा संस्थामा भएका गतिविधिबारे मागिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको ठहर गर्दै निलम्बित गरिएको जनाइएको छ ।
विज्ञप्तिमा बोर्ड बैठकको निर्णयलाई र सिडिएको स्वीकृतिलाई आधार मानी अन्य आवश्यक कारबाहीको लागि सिडिएसमक्ष माग गरिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले दुबई कमिटीका पदाधिकारीहरुलाइ निलम्बन गरेको, नेपाल एसोसिएसनलाई जानकारी नगराएई लेटरहेड प्रयोग गएको सिडिए मातहतमा रहेको संस्था आफैंले गरेको सहमति उल्लङ्घन गरेको, एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उलंघन गरेको, पत्रकारलाई प्रायोजन गरि समाचार सार्वजनिक गरेको र महत्त्वपूर्ण परियोजना (आईएललो) सहयोग रकमलाई अगाडि बढाउन (बिओडी) लाई सल्लाह र सहकार्य नगरेको, नेपाल एशोसियसनबाट आधिकारिक कुनैपनि कार्यक्रम गर्दा सिडिएको अनुमति नलिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर