५ भाद्र २०७७, शुक्रवार
कालिकोट जिल्लामा आज राती १२ वजेदेखि १० गतेराती १२ वजेसम्म निषेधाज्ञा जारी गरिएको छ , कोभिड(१९ )संकट व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकले यस्तोनिर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले कोरोनाको संक्रमण फैलिने जोखिम भएकोले निषेधाज्ञा जारी गरिएको वताए । कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गर्दै अरु जिल्लावाट कालीकोट जिल्ला प्रवेशमा समेत रोक लगाईएको उनले वताए । यस अघिनै जुम्लामा अनिश्चितकालीन, मुगु र हुम्लामा भदौ १५, वीरेन्द्रनगरमा ९ र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर