५ भाद्र २०७७, शुक्रवार

चितवन जिल्लामा निषेधाज्ञा एक साता थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो । यस अघि साउन ३२ देखि भदौ ५ वजे सम्म निषेधाज्ञा लगाउदै आएकोमा त्यसैलाई निरन्तरता दिएको छ ।
सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान औषधि,पेर्टाेल पम्प,ग्यास डिपो वाहेक अरु सामान किन्नको विहान ५ देखि८ वजे र साँझ ५ वजेदेखि ८ वजेको समयमा खुल्ला गरिएको र नजिकै रहेको पसलबाट अत्यावश्यक सामान पैदल यात्रामा गएर किन्न र निश्चित दूरी कायम गर्न सबैमा अनुरोध गरेको छ ।
चितवनमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ बिहीबार मात्रै जिल्लामा २२ जना संक्रमित थपिएका थिए । अहिलेसम्म जिल्लामा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर