५ भाद्र २०७७, शुक्रवार
पाल्पाको रम्भा गाउँपालिका ३ का मृगौला पीडित रबि विकलाई आर्थिक सहयोग प्राप्त भएको छ । दुुवै मृगौलाले काम गर्न छाडेपछि उपचारमा समस्या भैरहेका बेला मैत्री क्लव तानसेनले दश हजार पाँच सय आर्थिक सहयोग गरेको हो ।
क्लवका निवर्तमान अध्यक्ष बेशान्तर शाक्य, कार्यकारी सदस्य सुरेस श्रेष्ठ र तेजेन्द्रलाल शाक्य पीडित विकको घरमै पुुगेर उतm राहात रकम सहयोग गरेका हुन । रकम ग्रहण गर्दै रविले आफ्नो उपचारमा संस्थाले देखाएको सहयोग र सद्भाव महत्वपूूर्ण रहेको भन्दै क्लवका पदाधिकारीहरुलाई धन्यवाद दिए ।
आर्थिक अभावका कारण रविको उपचारमा समस्या भएको छ । आफन्त तथा गाउँलेहरुको सहयोगले अस्पताल जाने आउने र सामान्य डायलासिस गर्नका लागि केही सहयोग भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर