स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको नयाँ भवन वन्ने भएको छ । वडा न ४ विर्धाको गहलाममा भवन वन्न लागेको हो । आज हरितालिकाको दिन गाउँपालिकाका अध्यक्ष खिम वहादुर थापाले भवनको सिलन्यास गर्नुभएको छ । यस अघि गाउँपालिका भवन विर्घाको कट्टीमा रहेको थियो । कट्टीमा पुग्न धेरैलाई असहज वनिरहेको अवस्थामा गहलाममा भवन वन्न लागेको हो । केहि दिन अगाडि मात्रै सो ठाउँमा भवन वनाउन उपयुक्त माटो छ कि छैन भनेर प्राविधिक टोलीले निरीक्षण समेत गरेको थियो । प्राविधिकहरुले भवन वनाउन माटो उपयुक्त भएको ठहर गरेपछि सात करोड ७० लाख ९७ हजार लागतमा निर्माण हुन लागेको भवन २०७८ सालको असोज महिना सम्म निर्माण कार्य सम्पन्न हुने अध्यक्ष थापाले बताउनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर