५ भाद्र २०७७, शुक्रवार

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राती ३०६ वटा स्वाबको नमूना परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार गरिएको परीक्षणमा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण भेटिएको छ ।
कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन् । त्यसमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन ।  चितवनमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । उनीहरू मध्ये ११३ जना निको भइसकेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर