४ भाद्र २०७७, बिहिवार

बृद्धा भत्ता नपाएको भन्दै वाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा तालाबन्दी भएको छ । गत आर्थिक बर्षको चैत देखि असार सम्मको सामाजिक सुरक्षा भत्ता नपाएकोले वृद्धहरुले तालावन्दि गरेका हुन । वडा अध्यक्ष टेक बहादुर रावलले आफु वडा कार्यालयमा नरहेको र तालाबन्दी गरेको जानकारी नपाएको वताउनुुभयो ।
बुढीगंगा नगरपालिकाले आर्थिक बर्ष ०७६र०७७ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता हालसम्म पनि नदिएको बृद्धहरुले बताउदै आएका छन ।
नगरपालिकाका वडा नम्बर १ देखि ५ सम्म बितरण गरिएको भए पनि वडा नं ६ देखी १० सम्मको सामाजिक सुरक्षा भत्ता बितरण नगरेको नगरपालिकाले वताएको छ ।
नगरपालिकाका लेखापाल पूर्ण जैशीले अपुग रकम ढिलो गरि माग गरेकोले समस्या भएको बताए । बर्षमा दुई पटक रकम अध्याबधि गर्नु पर्ने हुन्छ पहिलो श्राबण महिनामा र दोस्रो माघ महिनामा जेठमा आएर रकम माग गरेको र असार अन्तिम दिन आएकोले प्रक्रियागत रुपमा समस्या भएको जैशीको भनाई छ ।


प्रतिक्रिया

सम्बन्धित खवर