४ भाद्र २०७७, बिहिवार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको केन्द्रीय सदस्य उमा भुजेल र सुमनसिंह पौडेललाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको सप्तरीका डिएसपी तिलक भारतीले जानकारी दिनु भयो ।
अन्तरिम व्यवस्थापिकामा विधायक समेत बन्नु भएकी प्रतिबन्धित नेकपाकी पूर्व पोलिटव्युरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।
सुनसरीमा दुवै जनालाई तीन ओटा मुद्दा चलाएकोमा अदालतले सबैमा साधारण तारखेमा रिहा गर्ने आदेश गरेपछि अदालत बाहिर निक्लने बितिक्कै प्रहरीले पुनः गिरफ्तार गरी नियन्त्रणमा लिएर सप्तरी प्रहरीलाई बुझाएको परिवारका सदस्यले बताएका छन् ।
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर