४ भाद्र २०७७, बिहिवार

रुपन्देहीमा कोरोना संक्रमणका कारण देवदह नगरपालिका ३ शिशपुरका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेले जानकारी गराए ।

वन्जाडेका अनुसार ती पुरुषको पीसीआर रिपोर्ट बुधबार मात्रै आएको थियो । केहीदिन अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न गएका उनलाई कलेजले घर पठाए पछि उनको देवदह मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । मृतक पक्षघात, उच्चरक्तचाप र मधुमेहका रोगी थिए ।
निजको मृत्यु पश्चात कलेजलाई शिल गरिएको छ भने उपचारमा संलग्न भएकाहरुलाई सेल्फ आइसोलेशनमा राखिएको छ । मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासन कार्यालय, नेपाली सेनासँग समन्वय भइरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर