४ भाद्र २०७७, बिहिवार

कोभिड १९ को सक्रमणलाई रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी वनाउन  जिल्ला प्रशासन कार्यालय पाल्पाले निषेधाज्ञा घोषणा गरेको छ ।
जिल्लामा बिहीबार राति १२ बजेदेखि भदौ १२ गते राती १२ वजे सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौापानेले जारी गरेको सुचनामा उल्लेख छ ।
बुधबार जारी सूचनामा एम्वुलेन्स,शववाहन खाध्य सामाग्रि वोक्ने सवारी साधन,औषधी वोकेका सवारी साधन,कुखुराका दाना र चल्ला वोकेका सवारी साधन,खानेपानी, दूध,तरकारी फलफूल, झण्डा वाहक सवारी साधन ,कुटनितिक नियोगका सवारी साधन चल्न पाउने छन भने निजी र सार्वजनिक साधनहरु भने चल्न पाउने छैनन ।
यसैगरी विधुत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन,एटिम काउण्टरहरु खुल्ला रहने छ भने वैक तथा वित्तीय संस्थाका वाह्य तथा संघसंस्थाका कार्यहरु गर्नलाई निषेध गरिएको छ ,
औषधी र औषधी जन्य पसल,फलफुल तरकारी,दुध डेरी,पेट्रोलपम्प,ग्यास डिपो विहानको समयमा ७ वजेदेखि १० वजेसम्म खुल्ला रहने छ भने होटल रेष्टुरेण्ट,ब्युटिपार्लर,शैलुन,जीम खाना हार्डवयर पसल,सुनचादी,टेलरिग,फुटपाथ पसल,उधोग कलकारखाना खोल्न नपाईने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर