४ भाद्र २०७७, बिहिवार

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न गुल्मिमा एक हप्ता लकडाउन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ५ गते राति १२ बजेदेखि एक हप्ता लकडाउन जारी गर्ने निणर्य गरेको हो ।
लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न, भीडभाड नगर्न, आ-आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मिले आग्रह गरेको छ । तरकारी पसल र दूग्धजन्य पदार्थहरुको पसल बिहान र साझ २ पटक खोलिने प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर