४ भाद्र २०७७, बिहिवार


नेकपा अध्यक्ष पुष्पकमल दाहाल  ’प्रचण्ड’ले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिन नपर्ने बताएका छन्।
एपी(वान) टेलिभिजनमा पत्रकार भुषण दाहालको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ मा वुधवार कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले यस्तो वताएका हुन ।
उनले भनेका छन ’सकारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउने भन्नेमा हामी आइपुगेका छौं । अहिले नै सबै मिलेको भन्ने होइन,’ ’कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ । त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बनाउनुपर्छ ।’ अन्तरवार्तामा उनले भनेका छन ’मलाई मेरा समर्थक, शुभचिन्तक, आफन्त र साथीभाइले कमजोर भएको हो कि भन्छन्, तर म निराश छैन, किनकि म शक्तिशाली पार्टीको अध्यक्ष छु ।,

प्रतिक्रिया

सम्बन्धित खवर