३ भाद्र २०७७, बुधवार

निर्वाचन आयोगले नेकपा (एमाले) दर्ता गर्ने निणर्य गरेको छ । पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित भएपछि आज आयोगले दल दर्ता गर्ने निणर्य गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी गराए । विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहने गरि पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले दर्ता गर्ने निणर्य भएको वताए । ‘ आयोगको बैठकले दल दर्ता गर्ने निणर्य गरेको हो,’ उनले भने, ‘राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताको प्रमाणपत्र केहि दिनमै दिन्छौं।
एमालेले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ । गत असार १२ गते तिवारीले दल दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर