३ भाद्र २०७७, बुधवार

अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ ।
बाढीले ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका ३ रलेको लमतणा र सेरीमा भेटिएको अछाम प्रहरीले वताएको छ । स्थानिय राम अहिरका अनुसार ‘रामारोशन-५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् । वाढिले ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडी लगायतका ठाउँमा समेत क्षती पुरयाएको छ । क्षतिको विवरण आउन वाकि नैछ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गइरहेको छ । घटनास्थल पुग्न केहि समय लाग्ने प्रमुख जिल्ला अधिकारी गोकणर् प्रसाद उपाध्यायले वताउनु भयो । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेको प्रजीअ उपाध्यायले वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर