२ भाद्र २०७७, मंगलवार

जंगलबाट ल्याएको बिषालु च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर बिरामी परेका छन् । मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–६ ढाखोला निबासी १३ बर्षका सुगम घर्ती र १५ बर्षका सुरेश घर्ती रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

गएराति जंगलबाट ल्याएको च्याउ पखाएर खाँदा ३३ बर्षका बिष्णु घर्ती, श्रीमत ३० बर्षका लिला घर्ती र सशी घर्ती गम्भिर बिरामी परेका छन् ।च्याउ खाए लगत्तै अचेत भएका उनिहरुलाई उपचारका लागि बिजुवार ल्याउँदै गर्दा दुई जनाको बाटो मै मृत्यु भएको र अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक दुबैजना बिष्णुका छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर