२ भाद्र २०७७, मंगलवार

नविन सोचले जीवन बदली वर्तमान समाजलाई गतिशिल बनाइराख्नुपर्छ भन्ने अबधारणा बोकेका विश्वभरका युवाहरुको हल्ट प्राइज अर्थात नोबेल पुरस्कार प्रतियोगिता सुरु भएको छ ।


मार्च र अप्रीलमा हुने  प्रतियोगितामा विश्वका १५० भन्दा बढि देशहरुका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता हुनेछ ।  नेपालका लागि पुर्वाञ्चल विश्वविद्यालय सहभागि हुने निश्चत भएको छ । जसका लागि सन् २०२०।२१ मा पुर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी वासिम अन्सारी क्याम्पस निर्देशकमा छनोट भएका छन् ।

विश्वभरको विद्यार्थीहरुको नविनतम विचारहरु जसले लाखौँ मानिसहरुलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ, त्यस्ता प्रकारका विचारहरुलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धीका माध्यमबाट प्रतियोगितामा समाबेश गरिनेछ । विद्यार्थीहरुको उत्कृष्ठ विचारले सामाजिक उद्यमशिलताको वातारण सिर्जना गर्ने र यसले वर्तमान समाजलाई नयाँ दिशा निर्देश गर्न प्रत्यक्ष रुपमा टेवा पु¥याउने क्यम्पस निर्देशक अनसारीले बताए ।

विलक्लिनटन फाउन्डेसनद्धारा सन् २००९ देखि सुरु भएको विश्वव्यापि यो प्रतियोगिताको लागि यस वर्ष युवा रोजगारीका लागि विषय “फुड फर गुड” छनौट गरिएको छ । प्रतियोगितामा उक्त विषयमा आधारीत भइ समस्या र त्यसको सामाधान प्रस्तुत गर्ने उत्कृष्ठ टिमले एक लाख अमेरीकी डलर पुरस्कार जित्नेछन् ।

हल्ट प्राइज फाउन्डेसनद्धारा आयोजित आइडिया कम्पेटीसनको अमेरीकमा हुने उक्त फाइनल राउण्डमा सहभागी हुन भने विभिन्न राउन्डमा छनौट हुँदै जानु पर्ने नियमहरु छन् । यस प्रतियोगिताले विद्यार्थीहरुमा रहेको उर्जाशिल विचारहरुलाई व्यावसायिक र सामाजिक उद्यमशिलताको रुपमा विस्तार गर्न ठुलो योगदान रहनेछ । साथै विश्व भरिका विद्यार्थीहरुसंगको सहभागिताले विद्यार्थीहरुको व्यत्तित्व विकासमा समेत ठुलो भुमिका खेल्नेछ ।

उक्त प्रतियोगिताका लागि हाल सम्म नेपालका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालय मात्र सहभागिता हुने पक्का भएको छ । विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समुह बनाई सहभागि हुन सक्ने उक्त प्रतियोगीतामा धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमुलक कार्यक्रमहरु गरिरहेको क्यम्पस निर्देशक अन्सारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर