२ भाद्र २०७७, मंगलवार

रुपन्देहिमा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि तिलोत्तमा नगरपालिकाले वुधवार साझँवाट लकडाउन गर्ने भएको छ ।
मंगलबार बिहान बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले भदौ ३ गते साझँ ७ वजे देखि भदौ १० गते साँझ ७ वजेसम्म पुणर्रुपमा लकडाउन गर्ने निणर्य गरको हो ।
सिसिएमसिको वैठकले लकडाउनको अवधिमा दुग्ध डेरी र डिपो बिहान ६ देखि ८ बजेसम्म बाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूणर् सवारीसाधन तथा साइकल सञ्चालन समेत पूणर्तः बन्द गर्ने निणर्य गरेको नगरपालिकाका प्रेस सल्लाहकार विपि गौतमले जानकारी गराए ।


प्रतिक्रिया

सम्बन्धित खवर