२ भाद्र २०७७, मंगलवार

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै उद्धार उडान रद्द गर्न निर्देशन दिएको छ ।

केन्द्रले मंगलबारबाट हुने भनिएका सबै यात्रुवाहक चार्टर्ड उद्धार उडान रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो ।

सीसीएमसीको पत्रलाई आधार बनाउँदै परराष्ट्र मन्त्रालयले पनि विदेशस्थित नेपाली दूतावासहरुलाई पत्राचारसमेत गरिसकेको छ ।

मलेसिया, साउदी, कुवेत लगायत मुलुकस्थित नेपाली दूतावासले अर्को सूचना जारी नहुँदासम्मका लागि सबै यात्रुवाहक चार्टर्ड उद्धार उडान स्थगित भएको उल्लेख गरेका छन् ।

नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरूले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टाइनका लागि होटल व्यवस्था भएको जानकारी प्राप्त नभएको अवस्था विद्यमान भएकोले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै सिसिएमसीले उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्रमा उल्लेख छ ।

यसअघि सिसिएमसीले सोमबारबाट पाचौं चरणको उद्धार उडान सुरु गरेको थियो । सो अनुसार सोमबार पनि केही यात्रु नेपाल आएका छन् भने टर्किस एयरलाइन्सको एक जहाज नेपाल आईपुगेको अवस्थामा छ । उड्डयन प्राधिकरणले यो जहाज पछि सबै उडान रद्द हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर