१० माघ २०७७, शनिवार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको खासै प्रभाव देखिएको छैन । काठमाण्डौ,पोखरा,पोखरा चितवनलगायत देशका मुख्य सहरबजार नियमितझैं खुलेका छन् ।

https://amzn.to/4myfPN5

सवारी साधन भने देशभरी नै केहि कम चलेका छन ।

काभ्रेपलान्चोकको बनेपामा बम भेटिएपछि भने त्रास बढेको छ र, त्यहाँको बजार र सवारीसाधनसँगै नागरिकको दैनिकी प्रभावित भएको छ ।
सिरहामा प्रेसर कुकर बम फेला परेको छ ।

मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको हो ।

पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ ।

बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माका अनुसार अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।

विप्लव समूहले बम राखेको हुन सक्ने प्रहरीको आशंका छ ।

बुटवलमा सार्वजनिक गाडी चलेका छैनन्। निजी गाडीहरु भने चलिरहेका छन्। बजार र पसलहरु पनि फाट्ट-फुट्ट खुलेको छ।

बन्दका  क्रममा  अर्घाखाँचीमा सुरक्षाकर्मीको टोलीले संकास्पद बस्तुलाई निस्कृय पारेको छ।

चुत्राबेसीमा बिहान ७ बजे फेला परेको संकास्पद वस्तुले केहीबेर जनजीवन त्रसित बनाएको थियो। वस्तुलाई निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेको थियो ।

नेत्रविक्रम चन्द विप्लव माओवादी द्वारा १० गते नेपाल बन्दको घोषणा

प्रतिक्रिया

सम्बन्धित खवर