१ भाद्र २०७७, सोमवार

गुल्मिमा अज्ञात समुहले मोटर साईकल जलाएको छ ।
रेसुङ्गा नगरपालिका ४ अर्खलेस्थित पन्थीटोलका व्यवसायि प्रेमराज पन्थीको मोटरसाइकल अज्ञात समुहले जलाएको जिल्ला प्रहरी कार्यालय गुल्मिले जनाएको छ ।
तरकारी सङ्कलन केन्द्र भित्र पार्किङमा राखिएको लु ३९ प ५२४३ नम्बरको मोटरसाइकलको बाहिर निकालेर राती करिब २ बजे तिर जलाएको प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले वतायो । आगजनीबाट मोटरसाइकल पूणर् रुपमा क्षति भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर