८ माघ २०७७, बिहिवार

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संसद विघट बारे सर्वोच्चमा जारी बहसमा कसैप्रति प्रभावित नहुन न्यायधिसहरुलाई आग्रह गरेका छन् ।

संविधानको रक्षा गर्दै सर्वोच्चले संसद पुनःस्थापनको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले विहिबार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीसँग योज्ञता नभएको तर अहंकार भएको आरोप लगाए ।

नेपाली कांग्रेसले न्यायलयलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि नगरेको दाबी गर्दै उनले भने ‘श्रीमानहरु बाहिरी हल्लाको प्रभावमा वा कोठा भित्रको खासखुसमा प्रभावित नहुनुस् ।’

सर्वोच्च अदालते संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले भने ‘श्रीमानहरुले संविधानलाई टेकेर निर्णय गर्नुस्, छिटो निर्णय गर्नुहोस् ।’

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभई चरम अराजनैतिक र अनाधिकृत भएको उनले उल्लेख गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर