८ माघ २०७७, बिहिवार

तीन जना चढेर साथीको बिवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा बिहीबार बिहान दुई जनाको ज्यान गएको छ ।


दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।

सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी राजमार्गको बनौली खण्डमा प्रदेश २–०१–००१–प.६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक खडक नगरपालिका ११ निवासी २१ वर्षिय शिवेन्द्र साह र २५ वर्षिय अरबिन्द यादव रहेका छन् ।

मोटरसाइकलमा सवार अर्का यूवा खडक नगरपालिका ११ निवासी २० वर्षिय सुनिल चौधरी गम्भिर घाइते भएका छन् । चौधरीको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर