७ माघ २०७७, बुधवार

पोखरामा कोरोना संक्रमणबाट २ जना महिलाको मृत्यु भएको छ । दुवै जना महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिकाको वडा नं २९ की ३५ वर्षीय महिला र स्याङ्जाकी ७० वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएकी स्याङ्जाको बिरुवा गाँउपालिका वडा नं ५ की ७० वर्षीय महिलामा मंगलबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनमा कोभिड निमोनियाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २०२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर