७ माघ २०७७, बुधवार

सर्लाही, विगतका वर्षहरूमा उखुको मूल्य पाउन आन्दोलन गर्दै आएका उखु कृषकले यस वर्ष भने भुक्तानी पाउन थालेका छन् ।

सर्लाहीको हरिवनमा सञ्चालित ईन्दुशंकर चिनी मिलले गत वर्षको उखुको मूल्यलाई आधार मानेर कृषकलाई यस वर्षको भुक्तानी दिन सुरु गरेको छ ।

गत पुष ६ गतेबाट सञ्चालनमा आएको मिलले गत पुष मसान्तसम्मको उखु खरिद वापतको करिब ३२ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

हाल नेपाल सरकारले उखुको मूल्य कायम नगरेको भए पनि गत सालको मुल्यलाई आधार मानेर भुक्तानी गरिरहेको ईन्दुशंकर चिनी मिलका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिनुभयो ।

सरकारले तोकेको मूल्य कृषकलाई भुक्तानी गरिएको मूल्यभन्दा धेरै हुन आएमा पछि थप रकम कृषकको खातामा हालिदिने अधिकृत नेपालको भनाइ छ ।

केही वर्षयता सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । जसमा सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान स्वरुप किसानलाई उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर