७ माघ २०७७, बुधवार

नेपालमा कोरोनाविरुद्धको खोप भारतले आज (बुधबार)बाट पठाउने शंकेत दिएको छ । भारतले पहिलो पटक खोप उपलब्ध गराउने विषयमा स्पष्ट पारेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार भारतले नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, सेसल्स र म्यानमारलाई कोरानाभाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको हो । नेपालमा कति मात्रामा कोरानाविरुद्धको खोप आउने भन्ने बारे खुलेको छैन । भारतले अनुदानको रुपमा उक्त खोप उपलब्ध गराउन लागेको हो ।

भारतले गएको शनिवार आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको छ । खोप अभियानको उद्घाटन शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सम्मेलनमार्फत् गरेका थिए ।

भारतको औषधि नियामक निकायले कोभ्यासिक्न र कोभिसिल्ड खोपलाई प्रयोगको अनुमति दिएको छ । भारतिय मिडियाका अनुसार भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर