६ माघ २०७७, मंगलवार

विश्वभरी रहेका बाग्लुङको बिहुकोटवासीहरु एउटै छातामाुनि संगठित भएर ‘बिहुकोट अन्तराष्ट्रिय समाज’ को गठन गरेका छन् ।

जापानको टोकियोमा बस्दै आएका देबिलाल सुवेदीको संयोजकत्वमा गठन भएको उक्त समाजको सदस्यहरुमा जापानको नागोयाबाट गोबिन्द प्रसाद कँडेल, ओसाकाबाट इन्द्रलाल सुवेदी, कृष्ण सुवेदी, भीम कँडेल, बेद प्रसाद कँडेल, हीरोसिमाबाट अनन्त रिजाल, ओसाकाबाट प्रेम प्रसाद कँडेल, टोकियोबाट ऋषिराम कँडेल, सागर कँडेल , असोक शर्मा ’गोपाल’, तुलसी राम कँडेल, ओकायामाबाट सुमन कँडेल र खानागावाबाट शिवलाल कँडेल रहेका छन् ।

त्यस्तै अमेरिकाबाट पशुपति कँडेल, देबराज कँडेल, शीब कँडेल, सागर कँडेल,नारायण कँडेल, युधिष्ठीर कँडेल, शम्भु कँडेल, महेन्द्र कँडेल र प्रकाश कँडेल रहेका छन् ।

अस्ट्रेलियाको सिड्नीबाट बिकास सापकोटा, प्रदीप कँडेल, भरत कँडेल, अर्जुन कँडेल र टीकाराम कँडेल, पर्थबाट चंद्र प्रकाश कँडेल, चिरंजीबी कँडेल, मेलबर्नबाट भीम नेउपाने र प्रेम प्रसाद कँडेल रहेका छन् ।

युकेबाट प्रेम कँडेल, दयानिधी सापकोटा, शेखर कँडेल, नारायण दत्त कँडेल,शिव कँडेल, लिलाराम निउरे, गंगा प्रसाद कँडेल र राम प्रसाद कँडेल रहेका छन् ।

पोर्चुगलबाट टंक कँडेल, रमेश कँडेल, गंगाराम कँडेल, लक्ष्मपती कँडेल, खगराज कँडेल, छबी कँडेल र दिपक कँडेल रहेका छन् ।

त्यस्तै हङकङबाट सालिकराम सुवेदी, स्पेनबाट खिमान्द कँडेल, बिकास कँडेल र बेल्जियमबाट इश्वरी सुवेदी सदस्य रहेका छन् ।

गाउँको बिकासमा लाग्ने सोचका साथ विश्वभरीका बिहुकोटवासी जुटेको संयोजक देविलाल सुवेदीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर