६ माघ २०७७, मंगलवार

प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा उत्रिन सर्वसाधारणलाई अपील गरेको छ ।


अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ पेज लामो अपिलमा यस्तो आग्रह गरेका हुन् ।

प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गर्दै उनीहरुले प्रतिनिधिसभा पुनर्स्थापना नभए देश गम्भीर संकटमा पर्ने दाबी गरेका छन् ।

‘यतिवेला अचेत भएको संविधानलाई क्रियाशील बनाउने काम सर्वोच्च अदालतको हो,’ उनीहरुले भनेका छन्, ‘तर, प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने भनेर दबाब दिइरहेकाले हामीले सडकमा निस्केर त्यसविरुद्ध खबरदारी गर्नु परेको छ ।

हेर्नुहोस् अपिलको पूर्णपाठ :-

 

प्रतिक्रिया

सम्बन्धित खवर