६ माघ २०७७, मंगलवार

नेपाल चिकित्सक सङ्घ कोसीको अध्यक्षमा डाक्टर फरवार्ड सिलवाल निर्वाचित भएका छन् ।

डाक्टर कैलाशकुमार श्रेष्ठलाई पराजित गर्दै सिलवाल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित भएका डाक्टर सिलवालले ३६१ मत ल्याएका छन् । अध्यक्षका उम्मेद्वार डाक्टर श्रेष्ठले २७१ मत ल्याएका छन् ।

नयाँ नेतृत्वका लागि आइतबार र सोमबार निर्वाचन भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा डाक्टर सञ्जिवकुमार ठाकुर, उपाध्यक्षमा डाक्टर यज्ञराज खरेल, महासचिवमा डाक्टर राजेन्द्र चौधरी, सहसचिवमा डाक्टर सुनिल रेग्मी र कोषाध्यक्षमा डाक्टर सुधिर श्रेष्ठ निर्वाचित भएका छन् ।

सहकोषाध्यक्षमा जुविन सिलवाल निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा.अन्जु देव, डा.अमरकुमार यादव, डा. प्रेरण दाहाल, डा.पार्थ गुरागाईं, डा.अमरेन्द्रकुमार महतो र रोशन खड्का निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर