५ माघ २०७७, सोमवार

अमेरिकाका विभिन्न राज्यका संसद भवन अगाडि सानो समूहमा प्रदर्शनकारी भेला भएका छन् ।

https://amzn.to/4myfPN5

केही प्रदर्शनकारीहरु हतियारयुक्त रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

जनवरी ६ मा वासिङ्गटन डिसीमा रहेको संघीय संसद भवनमा भएको हिंसात्मक आक्रमण तथा प्रदर्शनपछि देशभर सुरक्षा जोखिम बढेको चेतावनी दिइएको थियो ।

त्यसपछि सुरक्षा व्यवस्था कडा पारिए पनि टेक्सास, ओरिगन, मिसिगन, ओहायोसहितका राज्यका राजधानीमा हतियारसहितका प्रदर्शनकारीहरु राज्य संसद भवन (स्टेट हाउस) अगाडि भेला भएका हुन् ।

जनवरी २० मा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पद तथा गोपनियताको शपथ लिँदै छन् ।

चुनावको नतिजा अस्वीकार गरि आफ्नो पक्षमा उल्ट्याउन हरसम्भव प्रयास गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले जनवरी ६ मा संसद भवनमा आक्रमण गरेका थिए ।

सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको थियो ।

त्यसपछि संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले बाइडेनको शपथ ग्रहणलाई प्रभावित पार्नका लागि देशभर प्रदर्शनको तयारी भएको र हिंसात्मक गतिविधि हुन सक्ने चेतावनी दिएको थियो ।

सुरक्षा व्यवस्था कडा पारिए पनि ट्रम्प समर्थक तथा दक्षिण पन्थी अनलाइन नेटवर्कहरुमा हतियारसहितको प्रदर्शनका लागि आह्वान गरिएको छ ।

ओहायोको राजधानी कोलम्बसमा बूगालू बोइज समूहका झण्डै २५ युवाहरु हतियारसहित आइतबार भेला भएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

तर सो प्रदर्शनमा सहभागी भएकाहरुले बन्दुक अधिकारको पक्षमा आफूहरुको पूर्व निर्धारित कार्यक्रम अन्तर्गत नै भेला भएको बताएको उल्लेख छ ।

यस्तै मिसिगनमा राइफलसहितका केही प्रदर्शनकारी भेला भएका हुन् ।

टेक्सासको राजधानी अस्टिनमा पनि राफलसहितका केही प्रदर्शनकारीले राज्य संसद भवन अघि प्रदर्शन गरेका छन् ।

आउँदो बुधबार बाइडेनले शपथ लिँदै छन् । सो दिन देशभर प्रदर्शन हुन सक्ने भन्दै सुरक्षाव्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर