५ माघ २०७७, सोमवार

विराटनगरमा मिटरब्याजको गिरोह सञ्चालन गर्दै आएको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–९ का एजाज अहमद पाँच लाख धरौटी बुझाएर छुटेका हुन् ।

https://amzn.to/4myfPN5

आइतबार जिल्ला न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

आदेशपछि एजाज धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । सो मुद्दाका अन्य तीन आरोपी भने फरार छन् ।

एक वर्षअघि १५ लाख रुपैयाँ ऋण लगानी गरेका ऐजाजले एक व्यक्तिबाट एक करोड १० लाख असुल गर्न खोजेका थिए ।

ती व्यक्तिले आफूले लिएको ऋणभन्दा दुई लाख बढी रुपैयाँ बुझाएका थिए ।

तर अपहरण गरी एक करोड १० लाखको चेकमा हस्ताक्षर गराए ।

जवरजस्ती ५० लाख र ६० लाखको दुईवटा चेकमा हस्ताक्षर गराएपछि ती पुरुषले प्रहरीमा जाहेरी दिएका थिए ।

६ पुसमा एजाज पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा एजाजले गिरोह नै सञ्चालन गरेको खुलेपछि विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसुफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

प्रहरी स्रोतका अनुसार एजाजको गिरोहले सुरुमा थोरै लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र अपहरण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्ने गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर