५ माघ २०७७, सोमवार

एजेन्सी

बकिङह्याम्स प्यालेस 

यसको मुल्य रहेको छ ३ खर्ब ३९ अर्ब रुपैयाँ ।

यो दरबार बृटिस राजपरिवारको स्वामित्वमा लन्डनको वेस्ट मिनिस्टर सहरमा  छ।

७७५ वटा कोठा,७८ वटा बाथरुम ,९२ वटा कार्यलय र ९९ वटा रेस्टरुम छन् ।

यो दरबारको क्षेत्रफल ८२८००० बर्गफुट रहेको छ।

बगैंचा मात्र ४० एकड क्षेत्रफलमा फैलिएको छ।

यो बिश्वको महँगो दरबारमा परेपनी बिश्वकै ठुलो दरबार भने यो होईन ।

एन्टिल्ला

यसको मूल्य छ १ खर्ब १७ अर्ब रुपैयाँ ।

यो घर मुकेश अम्बानीको लागि बनाइएको हो।

यो भारतको मुम्बईमा रहेको छ ।यसमा २७ वटा तला छन् ।

४ लाख बर्गफिल क्षेत्रमा यो फैलिएको छ।६ वटा तला गाडी राख्न मात्र बनाइएको छ।

गाडीको लागि सर्भिस स्टेसन ,मन्दिर ,५० सिटको सिनेमा हल ,९ वटा लिफ्ट ,हेल्थ स्पा ,३ वटा हेलिप्याड,योगा  घर र आइसकृम रहेको छ।

६०० कर्मचारीले यसको हेरचाह गर्छन् ।

 भिल्ला लियोपोल्डा 

यसको मुल्य छ ८७ अर्ब ८५ करोड ।

यो ब्राजियलिन बैंकर एडमुण्डको  पत्नी लिलिको स्वामित्वम रहेको छ।

यो ५० एकड क्षेत्रमा रहेको छ।११ वटा बेडरुम ,१४ वटा बाथरुम ,व्यावसायिक गृनहाउस ,हेलिप्याड,आउटडोर भान्सा घर र आकर्षक स्विमिङ पुल लगायत रहेका छन् ।

भिल्ला लेस सेड्रेस 

फ्रान्समा रहेको यसको मुल्य छ ४६ अर्ब ८० करोड रुपैयाँ छ।

सन् १८३० मा बनेको यो घर सन् १९०४ मा बेल्जियमका राजा किङ्लियोपोल्ड दित्तियाले खरिद गरेका थिए।

१८ हजार बर्गफिट क्षेत्रफलम यो फैलिएको छ।

३५ एकडको बगैंचा ,१४ वटा बेडरुम,ओलम्पिक साइजको स्विमिङ पुल र ३० वटा घोडा अटाउने तबेला छ।

लेस प्यालेस बुल्स

यसको मुल्य छ ३९ अर्ब रुपैयाँ ।३ वटा स्विमिङ पुल,धेरै संख्यामा बगैंचा ,५०० सिट क्षमताको थिएटर रहेको छ।

अहिले यो इटलियन मुलका फ्रेन्च फेसन डिजाइनर पियरे कार्डिनको स्वामित्वमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर