५ माघ २०७७, सोमवार

लमजुङमा  स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।

https://amzn.to/4myfPN5

नेपाली नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बिमा कार्यक्रम जिल्लामा पहिलो पटक सुरु भएको हो ।
नेपालको ६४ औं जिल्ला र गण्डकी प्रदेशको आठौं जिल्लाको रूपमा बुधबारदेखि स्वास्थ्य बिमा कार्यक्रम प्रारम्भ गरिएको हो ।

औपचारिक कार्यक्रमका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले जिल्लाका जनप्रतिनिधिहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
२०७२ सालमा कैलालीबाट सुरु गरिएको कार्यक्रम अन्य जिल्लाहरुमा लागू भएपनि यसअघि लमजुङ जिल्लाका बासिन्दाहरु भने बञ्चित बनेका थिए ।

नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बिमा नीति वि. सं २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए ।
तोकिएको रकम अनुसार स्वास्थ्य बिमा हुने व्यवस्था छ ।

स्वास्थ्य बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवा पनि पाउने छन् ।

स्वास्थ्य बिमा गरेपछि स्वास्थ्य बिमाले परिचय पत्र उपलब्ध गराउने र सोहि परिचय पत्रको आधारमा नै बिरामी पश्चात्त तोकिएको रकम बराबरको सेवा लिन सकिने व्यवस्था छ ।

यदि तोकिएको रकमभन्दा बढी खर्च भएको खण्डमा बिरामी आफैंले बेहोर्नुपर्ने प्रावधान रहेको छ । वर्षौंपिच्छे स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको कार्ड नवीकरण गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर