४ माघ २०७७, आइतवार

नेपाल कम्युष्टि पार्टी (नेकपा) दुई धारमा विभाजन भएपछि देशैभर एकले अर्कालाई जिम्मेवारीबाट हटाउने र आफ्ना नेतालाई जिम्मेवारी दिइरहेका छन् । तर  कर्णाली प्रदेशमा भने प्रदेश, जिल्ला, स्थानीय तह र वडा कमिटीमा एकले अर्कालाई कारबाही गर्ने र नयाँ जिम्मेवारी दिने काम भएको छैन ।

६ जिल्लामा दाहाल–नेपाल समूहको पुरानै नेतृत्व

कर्णाली प्रदेशका दश जिल्ला मध्ये ६ जिल्लामा दाहाल–नेपाल समूहको पुरानै नेतृत्व कायम रहने भएको छ ।

सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, मुगु र जुम्लामा जिल्ला अध्यक्ष र सचिव दाहाल–नेपाल पक्षमा लागेका छन् ।  ति जिल्लाहरुमा जिल्ला अध्यक्ष र सचिव परिवर्तन नहुने भएका छन् ।

सुर्खेतमा दाहाल–नेपाल समूहका धु्रवकुमार शाही, रुकुमपश्चिममा गोपाल शर्मा, जाजरकोटमा ढकवीर राना, हुम्लामा लालकेशर जैसी, मुगुमा सुरवीर बुढा र जुम्लामा विरबहादुर कुँवर अध्यक्ष छन् ।

त्यस्तै सुर्खेतमा दाहाल–नेपाल समूका कृष्ण जिसी, रुकुमपश्चिममा विमल पुन, जाजरकोटमा करवीर शाही, हुम्लामा दल रावल, मुगुमा धर्मजित शाही र जुम्लामा तिर्थबहादुर बुढा सचिव छन् । ति जिल्लामा जिल्ला कमिटमा अन्य सदस्यहरु मात्र थपघट हुनेछन् ।

बाँकी चार जिल्लामा भने यो समूहले जिल्ला नेतृत्व परिपूर्ति गर्नुपर्ने छ । सल्यान, कालिकोट, दैलेख र डोल्पामा भने दाहाल–नेपाल समूहले नेतृत्व चयन गर्नुपर्ने छ ।

त्यस्तै ओली समूहले सुर्खेत, कालिकोट, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, मुगु र जुम्लामा जिल्ला अध्यक्ष र सचिव दुबै पद चयन गर्नुपर्ने छ । यस्तै दैलेख, डोल्पा र सल्यानमा जिल्ला कमिटी सचिव चयन गर्नुपर्ने छ ।

मुगुमा ओली समूहको ‘जिल्ला टिम’

ओली समूहले मुगुमा जिल्ला टिम गठन गरेको छ । ओली समूहले डम्बर रावलको नेतृत्वमा १३ सदस्यीय जिल्ला टिम गठन गरेको हो । तर उक्त कमिटीलाई भने जिल्ला कमिटी नभनेर जिल्ला टिम भनेर नाम दिइएको छ ।

जसमा डम्बर रावल संयोजक छन् । त्यस्तै लालबहादुर रावत, डिलबहादुर मल्ल, रुपबहादुर बुढा, परेगराज चौलागाईं, हस्तबहादुर शाही, डबल रोकाय, बलचन्द विक, अशोक लाल बुमी, छिरीङ पुटिक लामा, लालबहादुर मल्ल, बालकृष्ण लावड र लक्ष्मी चौलागाईं सदस्य तोकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर