४ माघ २०७७, आइतवार

विराटनगर–७ स्थित अवधनारायण मेमोरियल अस्पताल तोडफोड भएको छ ।

https://amzn.to/4myfPN5

बेलबारी–८ निवासी ३२ वर्षीया सजना राईको     पित्तथैलीमा भएको पथ्थरीको शल्य क्रियापछि मृत्यु भएको घटनामा पीडितको माग सुनुवाई नगरी व्यवस्थापन पक्ष भागेपछि आइतबार तोडफोड   भएको हो ।

प्रहरीले तोडफोडमा संलग्न रहेको आरोपमा मृतकी दिदी सरिता राई तथा जीतेन लिम्बूसहितलाई पक्राउ गरेको छ । प्रहरीले अस्पताल परिसरमा कसैलाई पनि पस्न दिएको छैन ।
अस्पतालका सञ्चालक तथा चिकित्सकसँग शनिबार पीडितका आफन्तले आइतबार अप्रेशनमा संलग्न चिकित्सक समेतको उपस्थितिमा छलफल गर्ने सहमति गरेका थिए ।

तर, शनिबार आफन्त आउँदा अस्पतालको गेटमा ताला लगाएर सञ्चालक भागेको भन्दै आक्रोशित उनीहरुले तोडफोड गरेको दावी छ ।
अस्पतालको सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

पीडितका पक्षमा बेलबारीबाट सयौंको संख्यामा आफन्त तथा छरछिमेक विराटनगर आएका छन्

गत पुस २८ गते अस्पतालमा भर्ना भएकी राईको त्यहि साँझ अप्रेशन गरिएको थियो ।

अप्रेशनपछि स्वास्थ्य अवस्या बिग्रदै जाँदा राख्ने आईसीयू लगायतको सुविधा नभएको भन्दै वीपीमा रेफर गरिएकी राईको माघ २ गते निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर