४ माघ २०७७, आइतवार

प्रतिनिधिसभा विघटन पछि घोषित निर्वाचन कार्यक्रमका सन्दर्भमा आज (आइतबार) निर्वाचन आयोगले राजनीतिक दलसँग छलफल गर्ने भएको छ ।

आयोगले आइतबार सर्वदलीय बैठक आह्वान गरेर निर्वाचनका सन्दर्भमा छलफल गर्न लागेको हो ।

सर्वदलीय बैठकका लागि राजनीतिक दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालय (बहादुर भवन)मा बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी वैशाखमा सम्पन्न गर्नेगरी घोषित निर्वाचन कार्यक्रमका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संघीय संसदको प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटनसँगै राष्ट्रपति भण्डारीले आउँदो वैशाख १७ र २७ गते आम निर्वाचन घोषणा गरेकी थिइन् ।

संविधानले परिकल्पना नै नगरेको अवस्थामा संसद विघटन गरेको भन्दै विघटनको घोषणा खारेजीको मागसहित सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका १३ वटा रिटको सुनुवाई जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर