३ माघ २०७७, शनिवार

मलेसियामा एक हप्तामा आठ नेपालीको मृत्यु भएको छ ।


जसमध्ये पाँच जनाले आत्महत्या गरेका हुन ।

जनवरी १३ तारिखका दिन जोहोरवारुको एक कम्पनीमा कार्यरत कार्यरत सल्यानका नरेश भण्डारीले आत्महत्या गरेका थिए ।

यसैगरी पाचँथरका एम कुमार खतिवडाले पेनाग भन्ने स्थानमा रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यस्तै ताप्लेजुग घर भई केलागमा सेक्युरिटि गार्डमा कार्यरत विरुलाल लिम्वुले पनि यसै हप्ता टवाईलेटमा झुण्डिएर आत्महत्या गरेका छन ।

तर उनको आमहत्या भएकोलाई नेपालीहरुले भने विश्वास गर्न सकेका छैनन किनकि उनको मृत्यु हुदा उनको अवस्था अवस्थामा र शरिर पुरै जमिनमा घुडा टेकेर वसेको फोटोहरु सार्वजनिक भैरहेका छन ।

यस्तै सर्लाहिका मनोज राउत आफनै कोठाको सिलिगमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यस्तै नुवाकोटका चित्र वहादुर भटटको पनि मलेसियामै मृत्यु भएको छ उनी सेक्युरिटि गार्डको रुपमा मलेसियामा कार्यरत रहेका थिए । यहि अवधिमा सोलुखुम्वुका प्रेम वहादुर विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनी करीव दुई महिना देखि विरामि थिए । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

यसैगरी सडक दुर्घटनामा परि झापाका सतल सिह मेचेको मृत्यु भएको थियो । उनी नेपाल फर्कनको लागि स्थानिय अध्यागमन गर्ने कार्यको लागि जादा दुर्घटनामा परेका थिए ।
यसैगरी शनिवार एक नेपालीले आत्महत्या गरेका छन ।

अछाम जिल्ला घुघरकोट साँफे नगरपालिका वडा न १० घर भई शाहआलमको सेक्सन यु १ मा विगत तीन वर्ष देखि कार्यरत कमल कुमार खड्काले आत्महत्या गरेका हुन ।

कमल नेपालमा रहेकि प्रेमिका संग मायाप्रेममा रहेको डायरीमा प्रेमिकाको नाममा विभिन्न सन्देशहरु समेत लेखेको भेटिएको साथीहरुले जानकारी गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर