३२ श्रावन २०७७, आइतवार

फाल्गुनन्द एकता समाज मलेशियाको पहल मा फाल्गुनन्द ७ साबिक आङ्सराङ निवासी प्रतिक आङ्देम्बेलाई सहयोग रकम पठाईएको छ ।
केहि महिना अगाडी पाँचथर बाट झापा झर्ने क्रममा प्रतिक दुर्घटनामा परेका थिए । दुर्घटना पछाडि उनको बि एण्ड सिमा उपचार भैरहेको छ ।
उपचारमा थप सहयोग पुगोस भन्नका लागि मलेसियामा रहेका नेपालीहरुले सहयोग रकम संकलन गरी नेपाल पठाएका छन ।
फाल्गुनन्द एकता समाज मलेशिया का सस्थापक संरक्षक तथा मलेशिया का सफल ब्यबसायि कृष्ण बहादुर आङ्देम्बे, संयोजक सन्तोष रिजाल, लक्ष्मण आङ्देम्बे, मिक्साहा चेम्जोङ,अमृत थापा, प्रेम पाण्डे, बुद्धि आङ्देम्बे,कैलाश आङ्देम्बे, जगत आङ्देम्बे, गोपाल चेम्जोङ, तेज आङ्देम्बे सुरेन्द्र आङ्देम्बे,दिपक थापा, भिम आङ्देम्बे, कुमार सावा, लक्ष्मि माङ चेम्जोङ,सन्त आङ्देम्बेहरु सक्रीयतामा ३लाख ५५हजार ६सय रुपैया जम्मा संकलन भएको थियो ।
त्यसै गरि साउदी बाट प्रकाश चेम्जोङबाट छ हजार र साइप्रसबाट मन कुमारी साम्पाङ राइबाट दुई हजार समेत प्राप्त भएको थियो । अस्पतालमा पत्रकार तथा समाजसेवी हरुको उपस्थितिमा समाजसेवी लाबाहाङ चेम्जोङ र धन बहादुर पन्धाक ले रकम हस्तान्तरण गर्नु भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर