काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा ढिलाइ भएको भए पनि अब अन्तिम चरणमा पुगेको बताएका छन् ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघ २ को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण सबल ढंगले

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गर्न सरकार सफल भएको बताएका छन् ।

‘पुनर्निर्माणका सन्दर्भमा यो महत्वपूर्ण र सन्तोष लाग्दो विषय हो । यसबाहेक देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि

नगरपालिका तथा गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण

संहिताको कार्यान्वयनमा जोड दिइएको छ । हाम्रो अनुभव अन्य देशहरूलाई पनि अनुकरणीय भएको छ’, उनले सन्देशमा भनेका छन् ।

२०७२ कै भूकम्पको अनुभवलाई आधार बनाएर सरकारले बाढी, पहिरोले क्षतिग्रस्त बनेका घरहरू पुनर्निर्माण गर्न कार्यविधि पारित

गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

क्षति भएका घरहरूलाई पुनर्निर्माण असुरक्षित, पहिरो, बाढीका जोखिममा रहेका बस्तीहरूलाई एकीकृत रूपमा सार्ने विधि अवम्बन

गरिएको उनको भनाइ थियो ।

सरकारले हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । विक्रम सम्वत् १९९० साल माघ २ गतेको

महाभूकम्पमा परी सयौंको ज्यान जानुका साथै अर्बौंको भौतिक क्षति भएको थियो । त्यसयता यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर