जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली

भूभागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नम्बर १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस्तै प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका धेरै भूभागहरूमा शुक्रबारको मौसममा आंशिक देखि

सामान्य बदली रहनेछ ।

शुक्रबार राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागहरुमा आंशिक बदली रहने देखिन्छ ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो

समेत लाग्ने संभावना रहेकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर