१ माघ २०७७, बिहिवार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर गलती गरेपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्न बाध्य हुनुभएको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

पार्टीको प्रथम अध्यक्षलाई जानकारी नै नदिएर प्रचण्ड र माधवले अबिश्वासको प्रस्ताव लगेकोले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेको तथ्यलाई कसैले छोप्न नसक्ने पनि उपाध्यक्ष गौतमले बताउनु भएको छ ।

पत्रकार भुषण दाहालसँगको अन्तर्वार्तामा नेता गौतमले माधव नेपाल र प्रचण्ड सात महिना अघि देखि नै प्रधानमन्त्रीबिरुद्ध अबिश्वासको प्रस्ताव लैजाने गृहकार्यमा रहेको र आफूले असफल बनाएपछि जानकारी नै नदिएर प्रधानमन्त्रीबिरुद्ध संसदमै अबिश्वासको प्रस्ताव लगेर अनैतिक काम गर्नुभएको बताउनु भयो ।

‘अबिश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्ड र माधव नेपालले नलगेको भए केपीले त्यो कदम (प्रतिनिधिसभा बिघटन) चाल्नुहने थिएन, उहाँहरुले अबिश्वासको प्रस्ताव लैजानु भयो, केपीका सूचना संयन्त्रहरुका कारण उहाँले थाह पाएर दर्ता गर्नुभन्दा पहिला नै कदम चालिदिनुभयो,’ यो तथ्य हो, गौतमले भन्नुभयो, ‘पार्टी अध्यक्षबाट नहटाइकन प्रधानमन्त्रीबाट हटाउन अबिश्वासको प्रस्ताव राख्न मिल्दैन, यो अनैतिक काम हुन्छ, प्रचण्ड माधवले त्यही अनैतिक काम गर्नुभयो ।’

नेता गौतमले नेकपा बिभाजन भइसके पनि बिभाजनको औचित्य भने कसैलेपुष्टि गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

अबिश्वासको प्रस्ताव लैजानुअघि पार्टीकोनिर्णय अनिवार्य हुनुपर्नेमा प्रचण्ड र माधवले त्यो काम पनि नगरेको र कुनै पनि कमिटीबाट प्रधानमन्त्रीलाई राजीनामा दिने निर्णय नभएको बताउनु भयो । संसदमा अबिश्वासको प्रस्तावअघि संसदीय दलमा जानुपर्ने काम पनि प्रचण्ड र माधवबाट नभइ हठात अबिश्वासको प्रस्ताव लगेको गौतमले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर