१ माघ २०७७, बिहिवार

लण्डनस्थित स्कोट ट्रेन स्टेशनमा एक नेपालीको हत्या भएको छ ।

माई लण्डन न्युजका अनुसार स्कोट अन्डरग्राउन्ड स्टेशनमा आइतवार राति १० बजे तिर भएको दुई पक्ष बीचको झगडामा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाण्डौं जोरपाटी घरभै हाल नर्थोल्डमा बसोबास गर्दै आएका ३५ वर्षीय बिक्रम केसी भएको बताएको छ ।

प्रहरीका अनुसार पश्चिम लन्डनको फिल्ड एण्ड रोडको कार्पेट वल्र्ड बाहिर उनी माथि अज्ञात समूहले आक्रमण गरेको थियो ।

स्थानिय एक रेष्टुरेन्टमा सेफको रुपमा कार्यरत केसी लण्डनमा श्रीमतिसंग बस्दै आएका थिए ।

घटनाको सम्बन्धमा २१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

गैरआवासीय नेपाली संघ युरोप सहसंयोजक कृष्ण तिमल्सीनाले केसीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। तिमल्सीनाले केसी निकै मिलनसार र मेहनेती भएको भन्दै उनको आत्मको चिरशान्तिको लागि कामना गरेका छन् ।

केसी भारत, कुवेत हुदैं लण्डनमा वर्कपरमिट भिषामा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर