१ माघ २०७७, बिहिवार

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको स्थानीय लक्ष्मीपति न्यौपानेले जानकारी दिए ।

जीपमा करिब १५ जना सवार रहेको उनले बताए । जिपमा सवार बेउलाका बुवाहरु प्रकाश पान्डे ,शोभाखर ,शिवलाल , चालक राजन पाण्डे र नाम नखुलेका सहचालकलाई शरीरका बिभिन्न भागहरुमा चोट लागेको छ ।

उनीहरुलाई स्याङजाको मिर्मी तर्फ उपचारका लागि लगिएको छ । घटना स्थल तर्फ पुर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको छ । घटनाको बारेमा बिस्तृत बिबरण आउँन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर